धादिङमा गुडिरहेको बसमा एक्कासी आगो लागेपछि…

दियो पोस्ट  

धादिङ, २६ असोज । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका वडा नम्र ९ ढाँडेमा आचनक बसमा आगलागी भएको छ ।

इलाका प्रहरी कार्यालय गजुरीका अनुसार सोमबार विहान ३ बजे हेटौडाबाट काठमाडौं जाँदै गरेको ना ५ ख ६९० नम्बरको बसमा अचानक अगलागी भएको हो । काभ्रे पाँचखाल घर भएका चालक गोविन्द थापाले चलाएर ल्याएको बसमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट बसको अगाडी पछाडीको भाग पुरै जलेको छ ।

प्रहरी कार्यालय गजुरी, प्रहरी चौकी बैरेनी र अस्थायी प्रहरी पोष्ट सिम्लेबाट खटिएको प्रहरी टोलीले खानी खोलाको दमकल प्रयोग गरेर आगलागी नियन्त्रणमा लिएको थियो । प्रहरीले आगलागीको कारणबारे अनुसन्धान गरिहेको छ ।

सम्बन्धित खबर