किर्ते नागरिकता बनाएर ५० करोडको जग्गा ठगी : सिआइबीको फन्दामा राणा !

दियो पोस्ट  

काठमाडौं, २६ असोज । प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले ५० करोडको जग्गा किर्ते गरी ठगी गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा ललितपुरको ललितपुर महानगरपालिका–१३ का ३३ वर्षीय केवल प्रताप जंग बहादुर राणा रहेका प्रहरीले जनाएको छ । उनलाई काठमाडौं महानगरपालिका–७ रातोपुलबाट पक्राउ गरेकोे हो ।

पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिकामा कमलादेवी राजभणडारीको नाममा रहेको कित्ता नम्बर ३, ७१, १४३, १८६ गरी जम्मा पाँच कठ्ठा, पन्ध्र धुर, नौ कन्वा किर्ते कागजात बनाइ आफ्नो नाममा गरी अर्कै व्यक्तिलाइ बेच्नका लागि ५० करोड रूपैयाँ बैना लिएपछि पक्राउ सिआइबीले जनाएको छ ।

उनले किर्ते नागरिकता समेत बनाएको पाइएको छ ।

जग्गा किर्ते गर्नका लागि उनले आफ्नो नाम मुकेशराज भण्डारी बनाएर ललितपुर जिल्ला वडा नम्बर १३ ठेगाना देखाउँदै जिल्ला प्रशासन कार्यालय ललितपुरबाट ४७७३ नम्बरको नागरिकता बनाएका थिए ।

TATA ADD