काठमाडौं, प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीले बैंकिङ कसुर मुद्दामा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको साविक जीवनपुरगाविस वडा नम्बर ८ हाल धुनेवेशी नगरपालिका वडा नम्बर ५ घर भएका पन्चम अकौलिया रहेका छन् ।
उनीले मनोज शाहलाई पैसा नभएको १७ लाख रुपैयाँको चेक दिएको पाइएको थियो ।
पीडित शाहले जाहेरी दिएपछि उनलाई उच्च अदालत पाटनले १० दिन कैद र १७ लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो ।
सजाय बेरुजु रहेको अवस्थामा फरार रहेका उनलाई भरतपुर महानगरपालिका वडा नम्बर २३ बाट पक्राउ गरेको हो ।
उनले एनएमबी बैंकको चेक काटी दिएका थिए । तर, उक्त चेकमा रकम नभएको पाइएपछि उनी विरुद्ध जाहेरी परेको हो ।