धरानमा दुई कोरोना संक्रमितको मृत्यु

दियो पोस्ट  

सुनसरी, असोज २८ । धरानमा दुई कोरोना संक्रमितको निधन भएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड उपचार अस्पतालमा उनीहरूको निधन भएको हो ।

जसमा ३७ वर्षीय पुरुष रहेका छन् । उनी मोरङ बेलबारी नगरपालिकाको रहेको प्रतिष्ठानका सहप्रवक्ता डा। आशिष श्रेष्ठले जानकारी दिए । उनीमा २१ असोजमा कोरोना पोजेटिभ देखिएको र २७ असोजमा प्रतिष्ठानको कोभिड उपचार अस्पतालमा भर्ना भएको उनले जनाएका छन् ।

उनको मंगलबार करिब साँझ ७ बजे निधन भएको हो । उनको शव नियमानुसार व्यवस्थापन हुँदै गरेको उनले जानकारी दिए । त्यसैगरी कोभिड उपचार अस्पतालमा नै अर्की ६० वर्षीया महिला संक्रमितको निधन भएको छ ।

उनी इटहरी सुनसरीको रहेकी सहप्रवक्ता डा।श्रेष्ठले जानकारी दिए । उनको बुधबार बिहान ४ बजे निधन भएको हो । उनी मधुमेह रोगलेसमेत ग्रसित रहेकी थिइन् । उनको शव पनि नियमानुसार व्यवस्थापनको काम भइरहेको उनले जानकारी दिए ।

सम्बन्धित खबर