काठमाडौं, २८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डलमा तीनजना मन्त्री थपेका छन् । केही मन्त्रीको जिम्मेवारी हेरफेर भएको छ । थप भएका तीनैजना मन्त्री ओलीनिकट हुन् ।
अर्थमन्त्रीमा पार्टीका महासचिव विष्णु पौडेल, सहरी विकासमन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा लीलानाथ श्रेष्ठलाई जिम्मेवारी दिइएको हो । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको जिम्मेवारी प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।