काठमाडौं, २८ असोज । शिक्षा क्षेत्रमा तमाम बेथितिहरु छन् । नेपालको शिक्षामा नीजिकरण हावी हुँदै गएको छ ।
शिक्षा र स्वास्थ्यलाई केही माफियाहरुले कालो धन्दाको रुपमा विकास गरिरहेका छन् । तर, शैक्षिक बेथितिको विरुद्ध सडकमा आगो ओकल्नुपर्ने विद्यार्थी संगठन भने हप्ता असुलीदेखि गुण्डागर्दी क्रियाकलापमा समलग्न भएको घटना बाहिर आइरहेका छन् ।
मुलुककै जेठो विश्वविद्यालय त्रिभुवन विश्व विद्यालयमा भने विद्यार्थी संगठनबाट असुरक्षित हुँदै गएका छन् । घटना गन असोज २० गते मंगलबारको हो ।
त्रिभुवन विश्व विद्यालय समाजशास्त्र केन्द्रीय विभागका उपप्रध्यापक प्रेम चलाउने विहान करिब ९ बजेर ५० मिनेट जाँदा त्रिवि परिसर भित्रै रहेको नेपाल बैंक लिमिटेडको खाताबाट रकम झिकेर आफ्नो सरकारी क्वाटर तर्फ फर्कदै थिए ।
केही युवाहरु हातमा बाँसको धारिलो भाटा, फलामको रडसहित बा ८१ प २७८५ नम्बरको रोयल एनफिल्ड कम्पनिको बुलेट मोटरसाइकल र बा ५६ प ९८ नम्बरको सेतो स्कुटरमा आएका युवाहरुले बाटो छेके ।
चलाउने त्यहाँबाट भाग्ने कोशिस गर्थे तर, ती युवाहरुको ग्याङले उनीमाथि आक्रमण शुरु गरे । भाँसको धारिलो भाटा र फलामको रडले उपप्रध्यापक चलाउनेमाथि उनीहरुले अन्धाधुन्द आक्रमण गरे ।
‘निजहरुले लिई आएको बासको भाट तथा फलामको रड समेतले निर्घात कुटपिट गरि घाईते बनाई भुईमा लडाई अब यो मरिसक्यो भनी छाडी भागेको हुँदा तत्काल घटनामा देखेका मानिसहरुले आई मलाई घटनास्थलबाट उद्दार गरी ल्याई ललितपुरीस्थत मडिसिटि अस्पतालमा ल्याई उपचार गराउँदै रही मेरो आफन्त मार्फत यो जाहेरी दिई पठाइएको छु,’ घाइते अवस्थामा रहेका उपप्रध्यापक चलाउनेले भनेका छन् ।
चलाउनेले आफूलाई आक्रमण हुनुअघि नै नेवि संघ त्रिवि क्याम्पसका अध्यक्ष बताउने हरि आचार्य र सचिव योगेन्द्र रावलले ‘तेरो हात काटिदिन्छु, ज्यान मारिदिन्छु अपाङ्ग बनाइदिन्छु भन्दै धम्की दिएका थिए ।
उपप्रध्यापक चलाउनेले आचार्य, रावलसहित ६ जना विरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता गराएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले सिराहा घर भएका रुपेश शाह र रविन लामालाई पक्राउ भने पक्राउ गरिसकेको छ । उनीहरुले नेविसंघका नेताको निर्देशनमा प्राध्यापकलाई कुटेको बयान प्रहरीलाई दिएका छन् ।
आक्रमणको योजनाकार भनिएका आचार्यले त्रिविकै उपप्रध्यापकसँग मिलेर फन्ड अपचलन गर्ने गरेको आरोप छ । डिपार्टमेन्ट प्रमुख टीका गौतमसङ्ग मिलेर त्यहाको फन्ड अपचलन गर्थे, त्यसैले पालिन्थे । यो घटनामा प्रत्यक्ष रुपमा टीका गौतम र अर्का उपप्राध्यापक विष्णु बस्याल पनि जोडिने त्रिविकै एक अधिकारीले बताए ।
योगेन्द्र रावल पहिलो सेमेस्टरमा फेल भएका थिए । तर छात्रवृत्ती भने आफू र आफ्नो नजिकका मान्छेलाई मात्रै पार्ने काम गर्थे । जबकी स्नातक तहमा दलित, मधेसी, महिला र उपेक्षित जातीले भने उत्कृष्ठ अंक ल्याउनेले पनि छात्रबृत्ति पाउँदैन थिए । छात्रवृत्तिको सुचना कुनै विद्यार्थीले थाहा नपाउने गरि निकालिएकाले थियो ।
योगेन्द्रले भर्चयुअल कक्षामा विद्यार्थीमाथि नै धम्की दिन्थे । आक्रमणको योजनाकार आचार्य र रावल कांग्रेस नेताहरुकै संरक्षणमा रहेको बताइन्छ । यद्धपी मुख्य योजनाकार भनिएका आचार्य भने पूर्व डिआइजी नवराज सिलवालका अति निकट पात्र समेत हुन् । सिलवलालले समेत आचार्यलाई संरक्षण गरेको आशंका विद्यार्थी बृत्तमा छ ।
आचार्यले चलाउनेमाथि आक्रमण भएको केही घण्टापछि सामाजिक सञ्जालमा आफू अस्वस्थ भएको र केही दिन सम्पर्क बाहिर हुने भन्दै लेखेका थिए । त्योदिन देखि उनी प्रहरीको फरार सुचिमा परेका छन् । उनको मोबाइल नम्बर समेत स्वीच अफ छ ।