कमल थापालाई कोरोना संक्रमण

दियो पोस्ट  

काठमाडौं, असोज २९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापालाई कोरोना संक्रमण पुष्टि भएको छ।

अध्यक्ष थापाले बुधबार सामान्य टाउको दुखेका कारण कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ देखिएको विहीबार ट्वीटरमार्फत् जानकारी दिएका छन् ।

अध्यक्ष थापाले आफूसँग केही दिनयता सम्पर्कमा आएका सबैलाई सुरक्षित र सतर्क रहन अनुरोध पनि गरेका छन्। थापाले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी दिए ।

सम्बन्धित खबर