फेसबुकमा बलात्कारी संगठन नामक समुह बनाएर अश्लिल गतिविधि गर्ने युवा पक्राउ !

फेसबुकमा बलात्कारी संगठन नामक समुह बनाएर अश्लिल गतिविधि गर्ने युवा पक्राउ !

काठमाडौं, ३० असोज । सामाजिक सञ्जाल फेसबुकमा बलात्कारी संगठन ‘रेपर एसोशियसन’ समुह बनाई महिलाको चरित्र हत्या गर्ने गिरोहका एक नाइकेलाई प्रहरीले पक्राउ गरेको छ ।


प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले प्युठानको झिन्द्रुक गाउँपालिका ७ घर भई हाल कावासोती नगरपालिका १६ बस्ने १९ वर्षिय नविन बस्नेतलाई पक्राउ गरेको हो ।

उनले सामाजिक सञ्जाल फेसबुकमा बलात्कारी संगठन नामक पेज तथा समुह बनाएर बलात्कार जस्तो जघन्य अपराध गर्न दुरुत्साहन गर्ने तवरले अश्लील, आपत्तिजनक सामग्री पोस्ट गर्दै आएको साइबर ब्युरोले जनाएको छ । उनलाई कावासोतीबाट प्रहरीले पक्राउ गरेको हो ।

Trending News