वीरगन्जको गणेश अपार्टमेन्टमा २३ किलो सुन बरामद, भारतीय नागरिक फरार !

वीरगन्जको गणेश अपार्टमेन्टमा २३ किलो सुन बरामद, भारतीय नागरिक फरार !

पर्सा । पर्सा प्रहरीले वीरगन्जको गणेश अपार्टमेन्टमा छापा मारी २३ किलो सुन पक्राउ गरेको छ।

वीरगन्ज महानगरपालिका–५ स्थित गणेश अपार्टमेन्टबाट सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।

अपार्टमेन्टका मालिक भने भारतीय नागरिक रहेको खुलेको छ । सुन कसको हो भन्ने विषयमा प्रहरीले केही खुलाएको छैन ।

बरामद सुनमध्ये २२ किलो विस्कुट आकारको र एक किलो गरगहना रहेको बताइएको छ।

अपार्टमेन्टको तेस्रो तलाको ३०३ नं. फ्ल्याटमा भारत पूर्वी चम्मपारण हरैयाका निवासी अशोक सिन्हाको बस्ने गर्थे ।

सो फ्ल्याटमा सुन रहेको विशेष सूचनाका आधारमा प्रहरी पुगेको थियो। तर, सिन्हा भने फेला परेका छैनन् ।

Trending News