काठमाडौं, १ कार्तिक । प्रहरी अनुसन्धान केन्द्रीय व्युरो सिआइबीले एक अभियुक्तलाई ११ वर्षपछि पक्राउ गर्न सफल भएको छ ।
आफ्नै सहकर्मीलाई कोदालोको फोरुवाले हानेर हत्या फरार रहेका भिमफेदी नगरपालिका ८ कोगटे घर भएका भिमसेन घागा मगर र सोही ठाउँका रामकृष्ण चुनी मगरलाई भारतबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुले २०६६ साल वैशाख २८ गते राती ११ बजे ललितपुरका गोदावरी निगरपालिका १३ स्थित आरएम इट्टा उद्योगमा काम गर्ने मकवानपुरको भिमफेँदी नगरपालिका ८ कोगटेकै ३६ वर्षिय डिल बहादुर योञ्जनलाई कोदोलोको फोरुवाले प्रहार गरेका थिए । घाइते भएका उनको उपचारको क्रममा निधन भएको थियो ।
उनीहरु उनको मृत्यु भएपछि भारतको नयाँ दिल्लीमा आधार कार्ड समेत बनाएर बसेको पाइएको छ । उनीहरुलाई थप मुद्दा प्रक्रिया अघि बढाउन ललितपुर प्रहरीलाई जिम्मा लगाइएको छ ।