सभामुख अग्नि सापकोटाले पाउने दशैं भत्ता कोरोना रोकथाम कोषमा जम्मा गर्ने !

दियो पोस्ट  

काठमाडौं, ३ कार्तिक । प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटाले आफ्नो नाममा संसद सचिवालयले उपलब्ध गराएको दशैं भत्ता कोरोना भाइरस रोकथाम कोषमा जम्मा गर्ने भएका छन् ।


‘संघी संसदका माननीय सदस्यहरु तथा संसदीय दलका पदाधिकारी लगायत पार्टीका नेतृत्वबाट गरिएका यो सराहनिय प्रयासमा प्रदेश सभाका माननीय सदस्यहरुबाट पनि सकारात्मक प्रतिक्रिया तथा सहयोग जुट्ने आशा गर्दछु,’ उनले भनेका छन्,‘अन्तमा मलाई प्राप्त चाडपर्व खर्त कोरोना कोषमा उपलब्ध गराउने व्यवस्था गरेको जानकारी गराउँदछु ।’


सापकोटाले पछिल्लो समय दर्शै भत्ता लिने विषयमा आएका समाचार तथा टिक्का टिप्पणीबारे आफ्नो गम्भिर ध्यानाकार्षण भएको जानकारी दिएका छन् ।

सम्बन्धित खबर

ट्रेन्डिङ