कर्णाली प्रदेशको लफडाको विषयमा बालुवाटारबाट फैलिएको खबर प्रचण्ड निवासबाट खण्डन !

दियो पोस्ट  

काठमाडौं, ४ असोज । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’बीच कर्णाली प्रदेशमा नेकपाका संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई नहटाउने विषयमा सहमति भएको खबरको प्रचण्ड निवासले खण्डन गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरेको शाहलार्इृ हटाउने निर्णय बदर गर्ने सहमति भएको भन्दै प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाको भनाई उदृत गर्दै समाचार बाहिर आएको थियो ।

प्रमुख सचेतकमा नियुक्त सीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने तथा मुख्यमन्त्रीविरूद्द दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने र अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने सहमति भएको भन्दै थापाले प्रचार गरेका थिए । तर, प्रचण्डका प्रेस सल्लाहाकार विष्ण सापकोटा जुगलले भने उक्त समाचारको खण्डन गरेका छन् ।
‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा्) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा कर्णाली प्रदेशको बिषयमा छलफल भएको हो,’ प्रकाशित भएका समाचारको खण्डन गर्दै उनले भनेका छन्,‘उक्त छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी बिषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको हो । यसबारे कुनै भ्रममा नपर्न सबैसँग आग्रह गरिन्छ ।’

सिफारिस