धादिङका सिडिओ पुण्य विक्रम पौडेललाई कोरोना संक्रमण पुष्टि !

दियोपोस्ट संवाददाता

धादिङ, ५ कार्तिक । धादिङका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ‘रिपोर्ट आइसकेको छैन ।

तर अनौपचारिक रुपमा पोजिटिभ आयो भन्ने सुनेको छु,’ उनले दियोपोस्टसँग भने,‘म आफू अहिले आइशोलेशनमै छु । मलाई कुनै लक्षण र स्वास्थ्य समस्या भने छैन ।


केहीदिनअघि गरिएको स्वाव संकलनपछि काठमाडौं स्थित राष्ट्रिय जनस्वास्थ्य प्रायोगशालामा परिक्षण गरिएको थियो । कोरोना संक्रमण पुष्टि भएको जानकारी पाए लगत्तै आफू आइशोलेशनमा बसेको उनले बताएका छन् । स्रोतका अनुसार पौडेलसहित ५ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । पौडेलका चालक समेत संक्रमित बनेको बताइएको छ । उनको परिवारलाई भने कोरोना संक्रमण नदेखिएको स्रोतले जनाएको छ ।

सम्बन्धित खबर