एनआईसी एशिया बैंकमा ग्राहकको खाता असुरक्षित, पूर्व डिआइजी नै बने शिकार !

एनआईसी एशिया बैंकमा ग्राहकको खाता असुरक्षित, पूर्व डिआइजी नै बने शिकार !

काठमाडौं, ६ कार्तिक । निकै तामझाम सहित विभिन्न सेलिब्रेटि कलाकारलाई विज्ञापन गराएर आफ्नो प्रचार गर्दै आएको एनआईसी एशिया बैंकले नेपाल प्रहरीकै एक पूर्व डिआइजीलाई दुख दिएको पाइएको छ ।

चामत्कारिक खाताको नाममा सर्वसाधरणलाई झुक्याउँदै आएको यो बैंकले खाता भएकै ग्राहकमाथि भने चरम लापरबाही गरेको पाइएहो हो । यसको पछिल्लो शिकार बनेका छन् – नेपाल प्रहरीका पूर्व डिआइजी राजिब सुब्बा ।

बैंकले ग्राहकलाई जानकारी बिनै ग्राहकको खाता लक गर्ने गरेको पुर्व डिआइजीको आरोप छ ।


सुचना प्रविधि विज्ञ समेत रहेका पूर्व डिआइजी सुब्बाको खाता सुटुक्क लक गरेको पाइएको हो ।


सुब्बाले सामाजिक सञ्जाल फेसबुकबाटै बैंकले आफ्नो खाता सुटुक्क लक गरेको सार्वजनिक गरेका छन् ।


‘प्रीय एनआइसी एशिया बैंक, मैले केवाईसी फारम फेरी भर्नुपर्ने हो भने त्यो खबर पठाउनेकी मेरो एकाउन्ट नै लक गर्ने ? जानकारी दिनुपर्दैन ? संचार कसरी गर्नुपर्छ भन्ने थाहा छैन भने भन्नुनी बरु ढेवा बिनाको सेवा दिन्छु ।’

Trending News