काठमाडौं, ८ कार्तिक । बेरोजगारी समस्याको सबैभन्दा ठूलो शिकार नेपाली युवाहरु परेका छन् । घरपरिवारको सानो सपना पुरा गर्न नेपालबाट दैनिक हजारौंको संख्यामा युवाहरु विदेशीने क्रम रोकिएको छैन ।
खाडी मुलुकमा अत्याधिक नेपाली युवाहरु रोजगारीमा छन् । परदेशमा रहेका युवाहरुको मनोविज्ञानमा आधारित रहेर प्रकाश सापकोटाले परदेशी आयो बोलको गीत सार्वजनिक गरेका छन् ।
गीतमा चेतन क्षेत्रीको आवाज रहेको छ भने प्रकाश सापकोटाको शब्द रहेको छ ।
सुभास भुसालले संगित दिएको उक्त गीतमा उदय राज पौडेलले एरेन्ज गरेका छन् ।
देवेन्द्र नेपालले निर्देशन गरेको गीतको भिडियोको सम्पादन अबित खण्डगीले र छायाँकन दिवेश उपाध्याय र दिप्सन डंगोलले गरेका हुन् ।
गीतको भिडियोमा विपिन कार्की, सुरबीर पण्डित, शर्मिला शर्मा, कविता न्यौपाने र सिताष्मा धरेलले अभिनय रहेको छ ।