मिति झुक्याएर एनआइसी एशिया बैंकद्वारा १० अर्ब निक्षेप ठगी : सिआइबीमा जाहेरी दिने ऋणीको तयारी !

diyopost.com
दियो पोस्ट  आइतबार, कार्तिक ०७, २०७८ | ०:४४:१७

काठमाडौं । एनआइसी एसिया बैंकले वित्तिय अपराध गरेको खुलाशा भएको छ । राष्ट्र बैंकको निर्देशनलाई लत्याउँदै उक्त बैंकले मितिमा खेलबाड गरेर अर्बौं रुपैयाँ ठगी गरेको पाइएको हो ।

एनआइसी एसियाले कार्तिकबाट लागू हुने गरी निक्षेपको ब्याज अधिकतम ११.१ प्रतिशत पु¥याएको थियो । यही ब्याज दरमा उसले करिव १० अर्ब रुपैयाँ निक्षेप उठाएको पाइएको हो । जबकी उक्त ब्याजदर सच्याउन राष्ट्र बैंकले निर्देशन दिइसकेको छ । बुधबार उसले यो ब्याजदरमा निक्षेप उठाउन नपाउने भएपनि मंगलबारको मिति राखेर १० अर्ब रुपैयाँ उठाइएको स्रोतले बताएको छ ।

बुधबार नयाँ ब्याज दर ९.३६ प्रतिशत प्रकाशित भएपछि विहिबारबाट यो क्रम रोकिएको बैंकका एक उच्च तहका कर्मचारीले बताए । ।

त्यस्तै बैंकले फिक्स्ड ब्याजमा दिएको ऋणमा समेत बैंकले ऋणीसँग नयाँ सौदाबाजी गरेको पाइएको छ ।

एनआइसी एसियाले १८ बर्ष अवधिसम्मका लागि स्थिर ब्याज अर्थात ८ प्रतिशत राखेर राखेर घर तथा गाडी कर्जा स्कीम ल्याएको थियो । सोही स्किमका आधारमा हजारौँले घर तथा गाडी खरिद गरेका थिए । त्यस्ता ऋणीलाई बोलाएर उसले यातना दिने गरेको स्रोतले जनाएको छ । पछिल्लो समय तरलता अभावका कारण निक्षेपको भाउ बढ्न थालेपछि एनआईसी एशियालाई लागत धान्न समेत समस्या भइरहेको छ ।

 

यसअघि दिइएको स्थिर बयाजमा अब ऋण दिन सकिँदैन । त्यसैले अब बढेको प्रिमियत तिर्नुपर्छ भन्दै धम्काउन थालिएको छ । उनीहरुले त्यसका लागि नयाँ अफर लेटरमा हस्ताक्षर गर्न समेत दबाव दिएको स्रोतले बतायो । हस्ताक्षर नगर्नेलाई तत्काल ऋण तिर्न दबाव दिन थालिएको छ । ऋणीहरुका अनुसार अचेल बैंकबाट नियमित फोन गरेर यातना दिन थालिएको छ । ‘एकातिर राष्ट्र बैंकको निर्देशनलाई लत्याएर अर्बौं निक्षेप संकलन गरिएको छ । मिति समेत किर्ते गरिएको छ । अर्को तिर हामी ऋणीहरुको स्थिर ब्याजदर परिवर्तन गरेर यातना दिएको छ,’ एक ऋणीले दियोपोस्टसँग भने,‘अब हामी ठगीको जाहेरी लिएर सिआइबीमा जान्छौँ ।’

बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेको निर्देशनमा रिलेशनसिप अफिसर’हरुले ऋणीहरुमाथि आतंक श्रजना गरेका छन् ।

सम्बन्धित खबर