कोहलपुर । ईलाका प्रहरी कार्यालय कोहलपुरले ७ जना जुवाडेलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट ३ लाख ५० हजार रुपैयाँ बरामद समेत भएको छ ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ८ झारकट्टीमा सोमबार राती साढे १२ बजे प्रहरीले अपरेशन चलाएको थियो ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रविन्द्र खनालका अनुसार प्रहरीले एम्बुलेन्समा विरामी लिन गएको बहाना बनाएर जुवाडेलाई पक्राउ गरेको थियो ।
जुवाडेहरुले चोक चोकमा गुप्तचर खटाएर जुवा खेलेका थिए ।
प्रहरीले सुचना पाएपछि मोटरसाइकल वा अन्य प्रहरीकै भ्यानमा जाँदा शंका हुने भएपछि एम्बुलेन्समा प्रहरी पठाइएको थियो ।