तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न सर्वोच्चको आदेश, चुनाव लड्ने बाटो खुल्यो

दियोपोस्ट संवाददाता

ललितपुर । सर्वाेच्च अदालतले ललितपुर निर्वाचन क्षेत्र नं ३ की राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न आदेश दिएको छ । अदालतले निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

मंगलबार न्यायाधीश डा.कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको हो ।

कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य रही पद लाभको लिएको भन्दै आयोगले १२ कात्तिकमा कार्कीको उम्मेदवारी खारेज गरिदिएको थियो ।

आयोगको निर्णयविरुद्ध कार्कीले सोमबार अदालतमा रिट निवेदन दिएकी थिइन् ।

सम्बन्धित खबर

सिफारिस