मोरङमा जीवन आचार्यलाई समर्थन गर्दै कांग्रेसका बागीले लिए उम्मेदवारी फिर्ता

दियो पोस्ट  

मोरङ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ (ख) बाट बागी उम्मेदवारी दिएका नवीन दाहालले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

मोरङ ६ बाट प्रदेशसभाका लागि माओवादी केन्द्रका उम्मेदवार युवा नेता जीवन आचार्यलाई समर्थन गर्दै दाहालले उम्मेदवारी फिर्ता लिएका हुन् । यो क्षेत्रमा वाम–लोकतान्त्रिक गठबन्धनबाट माओवादी केन्द्रका जीवन आचार्य साझा उम्मेदवार छन् । प्रतिनिधिसभाका लागि भने नेपाली कांग्रेसका नेता शेखर कोइराला उम्मेदवार छन् ।

दाहालले शेखर कोइरालासँग छलफलपछि आफ्नो उम्मेदवारी फिर्ता लिएको बताए । निर्वाचन क्षेत्र र प्रदेशकै समृद्धि र विकासका एजेण्ड अघि सारेर निर्वाचनमा होमिएको अवस्थामा त्यसको समर्थन गर्दै आफूले उम्मेदवारी फिर्ता लिएको उनको भनाइ छ ।

आचार्य प्रचण्डका कान्छा ज्वाइँ हुन् । आचार्यपत्नी गंगा प्रचण्डको सचिवालयमा छिन् । केन्द्रीय कमिटीमा छोरी-ज्वाइँलगायतका आफन्तलाई राखेको भन्दै महाधिवेशनताका प्रचण्डको पार्टीभित्रै आलोचना भएको थियो ।