बाबुराम भट्टराईले भने-‘एमाले परास्त नभएसम्म कांग्रेस र माओवादी सहकार्य गर्नु आवश्यक छ’

दियो पोस्ट  

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रको जग बलियो बनाउन कांग्रेस र माओवादीको सहकार्य जरुरी रहेको बताएका छन् ।

बिहीबार गोरखाका उम्मेदवारलाई मत माग्न काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेलाई निर्णायक ढंगले परास्त नगरेसम्म पूर्वमाओवादीहरु र कांग्रेसलगायतका शक्तिबीच सहकार्य आवश्यक रहेको बताए ।

‘विगतमा जे तीतामिठा भए, ती सबै कुरा बिर्सौं । अझैपनि संघीय लोकतान्त्रिक गणतन्त्रको जरा राम्रोसँग बसेको छैन’ भट्टराईले भने, ‘जबसम्म यो व्यवस्थालाई कसैले हल्लाउन सक्दैनन् तबसम्म हामी पूर्वमाओवादी पनि एक ठाउँमा आएका छौं । कांग्रेससँग पनि मेरो आग्रह छ, केही समय हामीले सहकार्य गर्नुपर्छ ।’

पहिला व्यवस्था बलियो बनाएर मात्र प्रतिस्पर्धा गर्नु आवश्यक रहेको उनको भनाइ थियो । उनले भने, ‘गठबन्धनको जीत निश्चित भएपनि प्रतिगमनलाई निर्णायक ढंगले परास्त गर्न अझै मेहनत गर्नुपर्ने देखिन्छ ।

सम्बन्धित खबर