युद्धकालमा पीडित भएका कांग्रेस कार्यकर्ताका परिवारलाई भेट्ने प्रचण्डको चाहना

दियो पोस्ट  

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धकालमा पीडित भएका कांग्रेस कार्यकर्ताका परिवारलाई आफूले भेट्न चाहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित गोर्खालीहरूको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘जनयुद्धका क्रममा माओवादीको तर्फबाट पीडामा परेका तथा क्षति भोगका परिवारलाई भेटेर मल्हमपट्टी लगाउन चाहन्छु ।’

उनले त्यसका लागि सुरेन्द्र पाण्डे, राजेन्द्र बजगाईँ र कमला पन्तलगायतको भनिसकेको बताउँदै भने, ‘ती परिवारलाई भेटेर शान्ति प्रक्रियाको महत्व बुझाउनेछु र गिरिजाबाबुसमेतको भावनालाई कदर गर्दै म उहाँहरूसँग कुरा गर्छु ।’ ती पीडित परिवारलाई भेट्ने वातावरण बनाइदिन आफूले कांग्रेस नेताहरूलाई आग्रह गरेको पनि बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘गोरखामा कांग्रेस कार्यकर्ताको हत्या गरेर सुरू भएको माओवादी जनयुद्धका क्रममा धेरै कांग्रेस कार्यकर्ता पीडित भएकाले प्रचण्डले उनीहरूको सहानुभूति लिन खोजेका हुन् ।’

गोरर्खा–२ बाट उम्मेदवार रहेका उनले आफूलाई यस पटक जिताउन समेत आग्रह गरे । ‘यहाँहरुलाई थाहै छ, यस पटक गोरखाबाट चुनाव लड्दैछु’ उनले भने, ‘मलाई जिताउनु हुनेछ भने विस्वस्त छु । र, जिताउन आग्रह गर्दछु ।’ उनले अब गोरखाबाट समृद्धिको सुरुवात हुने समेत दोहो¥याए ।

सिफारिस