
sf7df8f}F, !& sflQs M k|ltaåtf kq ;fj{hlgs g]skf -Pdfn]_ If]q g+ % lgjf{rg kl/rfng sldl6åf/f /fhwfgLdf laxLaf/ cfof]lht sfo{qmddf k|ltjåtf kq ;fj{hlgs ub}{ g]skf-Pdfn]_ sf pkfWoIf O{Zj/ kf]v/]nnufot . tl:a/ M rGsnf If]qL÷/f;;
काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।
आसन्न निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उनले आज काठमाडौंमा आयोजित कार्यक्रममा प्रतिबद्धता सार्वजनिक गर्दै संविधानको रक्षा र कार्यान्वयनमा जोड दिए।
‘स्थानीय तहको निर्वाचनमा एमालेद्वारा घोषणा–पत्र प्रतिबद्धता पत्रको कार्यान्वयन गर्न संघीय र प्रदेश सरकारका तर्फबाट स्थानीय तहका जनप्रतिनिधिलाई विशेष सहयोग र समन्वय गर्ने प्रतिबद्धता गर्दछौं,’ प्रतिबद्धता पत्रमा भनिएको छ।
भौतिक संरचना निर्माण गर्दा भिन्न रूपले सक्षम नागरिक तथा बालबालिकामैत्री संरचनाहरू निर्माण गर्न पहल गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ।
एमालेले आगामी निर्वाचनमा सो क्षेत्रको प्रदेशसभा (क)मा पार्टीका केन्द्रीय सदस्य नारायण सिलवाल र प्रदेशसभा (ख)मा पार्टीका काठमाडौं जिल्लाअध्यक्ष दीपक निरौलालाई उम्मेदवार बनाएको छ।
रासस