काठमाडौं । नेकपा एमालेकी नेतृ सुनिता बरालले अब कुनै महिलाले थोत्रा कपडा प्रयोग गरेर यौनजन्य रोगको सिकार बन्नु नपर्ने बताएका छन् । दियोपोस्टसँगको सवादमा उनले यसो बताएका हुन् । महिनावारी हुँदा महिलाले थोत्रा कपडा प्रयोग गरेर यौनजन्य रोगको सिकार बन्नु नपर्ने उनले बताएका हुन् ।
एमालले आफ्नो घोषणा पत्रमा ‘प्याड’को विषयलाई समेट्नु सकारात्मक रहेको समेत उनले बताइन् । एमालेबाट समानुपातिक तर्फ सिफारिस भएकी बरालले भनिन्,‘महिनावारी हुँदा प्रत्येक महिलालाई औसतमा १० वटा प्याडको आवश्यकता पर्छ । जसको आजको बजार मूल्य करिब १० वटा प्याडलाई १२ रुँपैयको दरले १२० हुन आउँछ । नेकपा एमालेले घोषणा गरेको प्रत्येक महिलाहरूको लागि वार्षिक महिनावारी प्याड खरिद बापत प्रदान गर्ने रु १५०० अर्थात् मासिक १२५ ले पनि महिलाको जीवनमा धेरै सहज हुन जान्छ ।’
उनले थपिन्,‘कुनै पनि महिलाले थोत्रा कपडाहरुको प्रयोग गरेर यौनजन्य रोगहरू लगेर बाँच्नु पर्ने छैन । महिलाको स्वास्थ्यलाई ध्यानमा राखेर एमालेले यो कार्यक्रम ल्याएको हो । अब कुनै महिलाले महिनावारीमा थोत्रा कपडा प्रयोग गरेर यौनजन्य रोगको सङ्क्रमणमा पर्नुपर्दैन ।’
बराल एमालेको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)का केन्द्रीय अध्यक्ष पनि हुन् ।