अख्तियारका आयुक्त चन्दको बद्नामी गर्न युवा संघको नाममा नक्कली विज्ञप्ति निकालेको पुष्टि

दियो पोस्ट  

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जय बहादुर चन्दको विषयमा नक्कली विज्ञप्ति निकालेर दुष्प्रचार गरेको पाइएको छ । एक अनलाइनले चन्दले कन्चपुरको महेन्द्रनगरमा बसेर विभिन्न व्यक्तिलाई भोट मागेर धम्की दिएको भन्दै नेकपा एमाले निकट युवा संघ नेपालको नामबाट जारी भएको विज्ञप्तीसहितको समाचार छापेको थियो । तर, कार्यालयको कामको शिलशिलामा धनगढी मात्रै पुगेका चन्दको विषयमा प्रकाशित उक्त विज्ञप्ति नै नक्कली रहेको पाइएको छ ।

युवा संघका महासचिव छितिज थेवेको हस्ताक्षरसहित विज्ञप्ति प्रकाशित भएपनि त्यसमा सत्यता नभएको पाइएको हो । हस्ताक्षर गर्ने थेवेले नै आफूले उक्त विज्ञप्तिमा हस्ताक्षर नगरेको र आफू पार्टी कामको शिलशिलामा ताप्लेजुङमा रहेको दियोपोस्टलाई जानकारी दिए । ‘म अहिले पार्टीको काममा ताप्लेजुङमा छु । मलाई यो विषयमा केही थाहा छैन । डाफ्टको विज्ञप्ति कसले सार्वजनिक गर्यो त्यो विषयमा बुझ्नु पर्छ । म अहिले मोबाइलमा नेट समेत नचल्ने ठाउँमा छु । डिजिटल हस्ताक्षर त अफिसमा हुन्छ । तर, मलाई केही थाहा छैन,’ थेवेले दियोपोस्टसँग भने,‘मैले विज्ञप्ति जारी गरेको छैन । कहाँबाट आयो मलाई थाहा भएन । मैले आधिकारीक जारी गरेको छैन । म रिमोटमा गाडी चलाउँदैछु । हिजो मलाई कार्यालयमा सोध्दै थिए । अध्यक्ष र इन्चार्ज काठमाडौंमै हुनुहुन्छ । उहाँहरुले आधिकारीकता बुझेर अनि जारी गर्नु भन्नुभएको थियो । तर, अहिलेसम्म मलाई जारी गर्नु भन्नु भएको छैन । यो विषयमा मलाई केही थाहा छैन ।’

 

सम्बन्धित खबर