ललितपुर ३ः काँग्रेसमा देखिएको असन्तुष्टिको लाभ उठाउने दाउमा एमाले, कसको सम्भावना कति ?

कसको सम्भावना कति ?

दियो पोस्ट  

काठमाडौं । गत  बुधबार(कात्तिक १६) गते निर्वाचान आयोगले खारेज गरिदिएको राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी सर्वोच्च अदालतले कायम राख्न भन्दै आदेश जारी गर्यो । उनले लाभको पदमा बसेरै उम्मेदवारी दिएको भन्दै आयोगले खारेज गरिदिएको उम्मेदवारी सर्वोच्च अदालतले थामिदिएको हो । यस क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट मओवादीकी नेता पम्फा भुसालले उम्मेदवारी दिएकी छन् ।

यो क्षेत्र माओवादीलाई छाडेकोमा ललितपुर काँग्रेस भने असन्तुष्टि छ । तर यो क्षेत्रको प्रतिनिधिसभा सदस्य लिएको माओवादीले काँग्रेसको भोट पाउन भने सहज छैन । प्रतिस्पर्धी एमाले काँग्रेसमा देखिएको असन्तुष्टिको लाभ उठाउने दाउमा छ । एमालेबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका अमृत खड्का पार्टीको भोट सुरक्षित गर्ने र काँग्रेसका असन्तुष्ट मतदाताको भोट तान्न चाहन्छन् ।

२०६४ सालमा ललितपुर ३ बाट संविधानसभामा निर्वाचित भुसालले ०७४ को चुनावमा एमालेको मद्दतमा नेपाली कांग्रेसका उम्मेदवार मदनबहादुर अमात्यलाई हराएकी थिइन् । अहिले एमालेसँग प्रतिस्पर्धा गर्न कांग्रेसको समर्थन लिएकी छन् ।

सिफारिस