दाङ २ मा रोचक प्रतिस्पर्धाः शंकर पोखरेललाई रेखा शर्माको चुनौती !

Guest
खुमा ओली

दाङ । दाङको क्षेत्र नं २ मा यसपटक रोचक प्रतिस्पर्धा हुने देखिएको छ। नेकपा (एमाले) का महासचिव शंकर पोखरेल र नेकपा (माओवादी केन्द्र) की स्थायी समिति सदस्य रेखा शर्माबीचको चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको हो। गत वैशाखमा भएको स्थानीय तह निर्वाचनको परिणामलाई आधार मान्ने हो भने सत्ता गठबन्धनकी उम्मेदवार रेखा शर्मा सहज अवस्थामा छिन्।

तर एमाले नेताहरु शंकर पोखरेलको व्यक्तित्वका कारण चुनाव जित्ने दाबी गर्छन्। लुम्बिनी प्रदेशको राजधानी दाङमा राख्ने निर्णय गराएकाले त्यसको फाइदा पोखरेललाई मिल्न सक्ने सम्भावना छ ।

२०७४ मा वामगठबन्धन हुँदा मुख्यमन्त्री बन्ने गरी दाङकै क्षेत्र नं २ (क) बाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका उनी तीन बर्ष मुख्यमन्त्री भएर कार्यभार ब्यतित गरिसकेका हुन्।

अर्कोतर्फ विगतमा सामान्य प्रशासन मन्त्री भएकी रेखा पहिलोपटक प्रत्यक्ष तर्फको निर्वाचन लड्न लागेकी हुन्। रोल्पा र प्यूठानसँग सीमा जोडिएको दाङमा दुवै जिल्लाबाट बसाइँ सरेर आएकाहरुको बाक्लो उपस्थिति छ। आस्थाका दृष्टिकोणले रोल्पालीहरू अधिकांश माओवादीनिकट छन्।

त्यसको लाभ रेखालाई मिल्ने देखिन्छ। त्यस्तै नेपाली कांग्रेसको बलियो पडक भएको क्षेत्र भएकाले कांग्रेसको मत ट्रान्सफर हुदाँ रेखालाई जित निकाल्न सहज हुने देखिन्छ।

सम्बन्धित खबर

सिफारिस