एउटा मात्रै निर्वाचन क्षेत्र रहेको प्युठानमा यसपटक एमाले भर्सेज बाम लोकतान्त्रिक गठबन्धनको प्रतिस्पर्धा हुने भएको छ । प्युठानमा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेबाट पोलिटव्यूरो सदस्य सूर्य थापा र बाम लोकतन्त्रिक गठबन्धनबाट राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलको प्रतिस्पर्धा रहेको छ ।
नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहको जन्म थलो भएकाले पनि यो क्षेत्रलाई जनमोर्चाको गढ मानिन्छ । स्थानीय तहको मत परिणाम र अघिल्लो आम निर्वाचनको मत परिणामलाई हेर्दा नेकपा एमाले अन्तिममा देखिन्छ। अहिले गठबन्धनबाट साझा उम्मेदवार बनेकी उनलाई कांग्रेस र माओवादीको साथ रहेको छ। यसकारण पनि पौडेलले जित्ने सम्भावना प्रबल छ ।