काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार डा. तोसिमा कार्कीलाई आफ्नो चुनाव चिह्न घन्टी बजाउँदै चुनाव प्रचार नगर्न निर्देशन दिएको छ। आयोगको आचारसंहिता अनुगमन समितिले आफूलाई फोनमार्फत यस्तो निर्देशन दिएको हो ।
आयोगले घन्टीले ध्वनि प्रदूषण भएको उजुरी परेको जानकारी गराउँदै घन्टी बजाउँदै चुनावी प्रचार नगर्न निर्देशन दिएको जानकारी दिएको छ । कार्की ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घन्टी हो।
निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद ४ मा १३ ले जुलुस, आमसभा वा भेला गर्दा पालना गर्नुपर्ने आचरणबारे उल्लेख गरेको छ। यसअनुसार उम्मेदवारले आफ्नो चुनाव चिह्न बोकेर प्रचारप्रसारमा जान पाइँदैन।