ओखलढुंगाको लिखु गाउँपालिकामा सत्ता गठबन्धनको चुनावी आमसभा सम्पन्न ! (फोटोसहित)

- युवराज पहाडी  

ओखलढुंगा । सत्ता गठबन्धनको बृहत चुनावी आमसभा सम्पन्न भएको छ । आज (बुधबार) जिल्लाको लिखु गाउँपालिकाको यसममा उक्त सभा सम्पन्न भएको हो ।

सभामा प्रतिनिधिसभाका सदस्यका लागि उम्मेदवारी दिएका रामहरि खतिवडा, प्रदेश सभा सदस्यका उम्मेदवार वावुराम गौतम, माओवादीबाट समानुपातिक उम्मेदवार चम्पा कार्की,  लिखु गाउँपालिका अध्यक्ष अशोक कार्की, चम्पादेवी गाउँपालिका प्रमुख नवराज केसी, सुनकोशी गाउँपालिका प्रमुख कमल तामाङ, नेपाली काँग्रेसका प्रदेश सदस्य कुमार लुइटेल, रुद्र अधिकारी र बाला अधिकारी लगायतका बक्ताहरुले बोलेका थिए ।

उक्त कार्यक्रममा खतिवडाले यसमको उपस्थिति नै गठबन्धनको जित हुने दाबी गर्दै उनले भने, “नेपाली काँग्रेस र गठबन्धनको अगाडि अरु पार्टीहरुको जोर चल्दैन । हामी  यस निर्वाचनमा सानदार मतसहित जित हासिल गर्नेछौं । ”

प्रदेश सभाका उम्मेदवार गौतमले लिखुको उपस्थितिलाई सम्बोधन गर्दै जनताका समस्यहरु पूरा गर्नै प्रतिबद्धता व्यक्त गरेका छन् । साथै यस कार्यक्रममा चम्पादेवी गाउँपालिका प्रमुख केसीले गठबन्धनको जित निश्चित भएको दाबी गरेका छन् ।

नेता कुमार लुइटेलले कुनै पनि हालतमा जित गठबन्धनको हुने जिकीर गर्दै निर्वाचनमा होमिन कार्यकर्तालाई आग्रह गरे । उक्त कार्यक्रमा नेता बाला अधिकारीले मंसिर ४ मा गठबन्धनले ओखलढुंगामा विजयको झण्डा गाड्ने दाबी समेत गरिन् ।

सिफारिस