गोरखाबाट आर्थिक विकासको नमूना प्रस्तुत गर्नेछुः प्रचण्ड

दियो पोस्ट  

गोरखा । नेकपा माहओवादी केन्द्रका अध्यक्ष एवं गोरखा २ मा सत्ता गठबन्धनका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले गोरखाबाट आर्थिक विकासको नमूना प्रस्तुत गर्ने बताएका छन् । भच्चेकमा आज भएको कोणसभामा बोल्दै प्रचण्डले भच्चेकलाई पर्यटकीय केन्द्र बनाउने र धुलो, हिलो र खाल्डाखुल्डी भएका सडक अबको ५ वर्षभित्र ती सडक कालोपत्र गरिने बताए।

‘गोरखाबाट आर्थिक विकासको नमूना प्रस्तुत गर्नेछु,’ उनले भने। उनले संविधान नमान्ने प्रतिगमनलाई परास्त गर्न पनि आग्रह गरेका थिए। उनले सत्ता गठबन्धनका उम्मेदवारलाई मत दिन पनि आग्रह गरेका थिए।

उनले आफूलाई विजयी गराएर पठाएमा सिंगो गोरखा जिल्लाको विकास निर्माणमा लाग्ने बताएका थिए।