ओखलढुंगाको पलापुमा सत्ता गठबन्धनको आमसभा, हजारौ जनसमुदाय उपस्थित (फोटोसहित)

- युवराज पहाडी  

ओखलढुंगा । सत्ता गठबन्धनको बृहत चुनावी आमसभा सम्पन्न भएको छ । आज (शुक्रबार) जिल्लाको चम्पादेवी गाँउपालिकाको पलापुमा उक्त सभा सम्पन्न भएको हो । सभामा हजारौं कार्यकर्ता तथा जनसमुदायको उपस्थित रहेको थियो ।

सभामा प्रतिनिधिसभाका सदस्यका उम्मेदवार रामहरि खतिवडा, प्रदेश सभा सदस्यका उम्मेदवार वावुराम गौतम, माओवादीबाट समानुपातिक उम्मेदवार चम्पा कार्की, चम्पादेवी गाउँपालिका प्रमुख नवराज केसी, लिखु गाउँपालिका अध्यक्ष अशोक कार्की, सुनकोशी गाउँपालिका प्रमुख कमल तामाङ, मानेभञ्ज्याङ गाँउपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दाली नेपाली काँग्रेसका प्रदेश सदस्य कुमार लुइटेल, रुद्र अधिकारी र बाला अधिकारी लगायतका बक्ताहरुले बोलेका थिए ।

उक्त कार्यक्रममा खतिवडाले उज्यालो पलापु बनाउने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै उनले नवलपुरदेखि पालिकाको सदरमुकाम हुँदै जिल्ला सदरमुकाम जानेबाटो पिच गर्ने आश्वासन दिएका छन् । त्यस्तै कार्यक्रममा बोल्दै प्रदेश सभाका उम्मेदवार बाबुराम गौतमले चम्पादेवी मन्दिरको पर्यटन विकासका लागि सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उक्त कार्यक्रममा चम्पादेवी गाँउपालिकाका अध्यक्ष नवराज केसीले उम्मेदवारहरुकाे अास्वासन पुरा नभए जनतालाई अाफुले उत्तर दिन पर्छ भन्दै उम्मेदवारहरुले प्रतिवद्धता गरेका सबै काम पुरा गर्न सुझाएका हुन् । उनले घोराखोरी चिप्लिङ ओखलढुंगा-शिल्खुबेसी, टाउके, मोटरबाटो, घोराखोरी-बिलन्दु-ककनी मोटरबाटो पिच हुनुपर्ने माग राखेका छन् ।

‘हामिले सम्पुर्ण चम्पादेवीको डिपिआर तयार गरेका छौ ।’ अध्यक्ष केसीले उम्मेदवारहरुलाई इंकित गर्दै भने, ‘उज्यालो समृद्ध चम्पादेवी बनाउने हाम्रो सपना पुरा गर्नुपर्छ ।’

सिफारिस