अर्थविद् वाग्लेको दाबीः आगामी निर्वाचनपछि गगन थापा प्रधानमन्त्री बन्छन्

दियो पोस्ट  

काठमाडौं । अर्थविद् स्वर्णिम वाग्लेले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि प्रधानमन्त्री बन्ने दाबी गरेका छन्।

शनिबार काठमाडौं क्षेत्र नम्बर–४ को एक कार्यक्रममा बोल्दै वाग्लेले मुलुकको प्रधानमन्त्री बन्न थापा सक्षम र तयार रहेको बताएका हुन्।

वाग्लेले थापासँग प्रधानमन्त्री बन्ने भिजन र सोही अनुसारको आफूजस्तै विज्ञहरूको टिम रहेको समेत बताए । थापालाई प्रधानमन्त्री बनाउन सके १० वर्षभित्र मुलूकमा ठूलो परिवर्तन आउने उनको भनाइ छ।

‘मलाई लाग्छ(त्यस्तो नेतालाई क्षेत्र नम्बर ४ ले जिताएर पठाइदियो भने तपाईँहरूले तुरुन्तै आफ्नै निकट भविष्यमा नै प्रधानमन्त्री पाउनुहुनेछ,’उनले भने, ‘उनको जुन भिजन छ, हामीहरूजस्ता मानिसहरुको टिम उहाँसँग छ। यसले अबको ५(१० वर्ष भित्रमै देखिने गरी एउटा गति हामी ल्याउँछौं। हामी कहीँ बिक्दैनौं। हामीलाई कसैले किन्न सक्दैन। हामी कसैका गोटी बन्दैनौं। हामी आफैं सक्षम छौं।’

गगन थापालाई फेरि मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्री नै बनाउन सकियो भने सामाजिक सुरक्षाको प्रत्याभूतिले मूर्त आकार लिने वाग्लेको भनाइ छ।

सिफारिस