भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–२ को तिवारी भन्ज्याङमा सत्ता गठबन्धनको चुनावी सभास्थल नजिकै बम विस्फोट भएको छ । सत्तारुढ गठबन्धनले सभा गरेको ठाउँ भन्दा २०० मिटर टाढा एउटा होटलको अगाडि विस्फोट भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी शरद थापाले जानकारी दिए ।
विस्फोटमा परेर १ जना घाइते भएका छन् । घाइतेको खुट्टामा चोट लागेको छ । यसबारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।