नेहाका श्रीमान पंकजको दाबीः ‘ममाथि लगाएको सबै आरोप झूटो हो’

दियो पोस्ट  

महोत्तरी । नेहाले लगाएको आरोप साँचो नभएको पंकजको दाबी छ । नेहाले लगाएको आरोपहरु निराधार रहेको भन्दै पंकजले उच्च अदालत जनकपुरमा समेत निषेधाज्ञाको मुदा दर्ता गराएका छन् ।

‘नेहाले ममाथि लगाएको आरोप सब झुठो हो । उसले मिडियामा जसरी बोलेको छ त्यो गलत छ,’ पंकजले दियोपोस्टसँग भने । ‘म पनि अब सामाजिक संजालमा लेख्छु ।’

विवाहको दुई महिनापछि नेहाले उनीमाथि अनेक आरोप लगाएको पंकजको भनाइ छ । ‘विवाहको २ महिनायता नेहाको व्यवहारमा झन् परिवर्तन भई तपाईंलाई म जे पनि गर्नसक्छु म आफु पनि जे पनि गर्न सक्छु, तपाईंको परिवारलाई समेत फँसाउने छु भन्न थालेकी थिइन्,’ पंकजले भने, ‘नेहाले मसँग विवाद गरेर घरबाट आफ्नो सबै गरगहनाहरु समेत लिएर माइतमै बस्दै आएकी थिइन् । उनले अनावश्यक औषधीहरु खाने गरेकी थिइन् । रोक्दा गाली गलौज गर्ने गरेकी थिइन् ।’

नेहाले आफ्नो माइतीको उक्साहटमा लागेर स–सानो कुरामा पनि रिसाउने, झगडा गर्ने, घर व्यवहारमा वेवास्ता गरी अशान्ति मच्चाउने, ज्यान मार्ने धम्की समेत दिने गरी मानसिक तनाव दिदैँ आएको पंकजको आरोप छ । ‘नेहालाई सम्झाउँदा सम्झाउँदा उल्टै म माथि नै हातपात गर्न थालिन्,’ पंकजको खण्डन् छ,‘नेहाले गत असोज २० गते म सँग वादविवाद गर्दै झगडा गरिन् । कुनै हालतमा पनि तिमीसित बस्दिनँ, तिमी भन्दा राम्रो केटा मसँग बिहे गर्न खोजेको थियो । तिमीलाई फसाउँछु भन्दै माइत गएकी थिइन् ।’

‘पेटमा हानेको र कुटपिट गरेको प्रमाण रहेछ । तपाईले नेहालाई कुटनुभएको हो रु’ भन्ने दियोपोस्टको प्रश्नमा पंकज हच्किए र भने,‘प्रमाण छ र रु’ अन्य विषयमा भने उनले बोल्न चाहेनन् ।

सिफारिस