सरकारले विप्लव समूहमाथि निगरानी बढायो, देशभर नौ सय बढी स्थानमा बम डिस्पोजल टोली

दियो पोस्ट  

काठमाडौं । चुनाव विथोल्ने निर्णय गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेतामाथि सरकारले निगरानी बढाउने भएको छ ।

चुनावको केही दिन मात्र बाँकी रहँदा देशका विभिन्न स्थानमा होक्स बम विस्फोट गराइ चुनावको वातावरण विथोल्ने प्रयास सो पार्टीले गरेपछि सरकारले निगरानी बढाउने निर्णय गरेको हो ।

शुक्रबार चुनावी सुरक्षाबारे जानकारी दिँदै गृहसचिव विनोद सिंहले सो पार्टीका नेता तथा कार्यकर्तामाथि सरकारले निगरानी बढाएको बताए ।

उनले चुनावी वातावरण विथोल्न कुनै पनि हालतमा नदिइने बताए । उनले मतदाताले ढुक्क भएर मतदान केन्द्रसम्म आएर मतदान गर्ने वातावरण बनाइएको बताए ।

पत्रकार सम्मेलनमा सचिव सिंहले बम डिस्पोजलका लागि देशभर ९०३ वटा सेनाको बम डिस्पोजल टोली परिचालन भएको जानकारी दिए ।

उनले निर्वाचन अधिकृतबाहेक सुरक्षाकर्मी बसेको गाडीमा पनि मतपेटिका बोक्न नपाइने बताए ।

सिफारिस