माधव नेपालको पार्टी खरानीको डल्लो हो, यसै चुनावबाट सकिन्छ: ओली

दियो पोस्ट  

अत्तरिया – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल यसै चुनावबाट समाप्त हुने बताएका छन । नेकपा एमाले कैलाली क्षेत्र नम्बर – ४ ले शनिवार अत्तरियामा आयोजना गरेको बृहत् चुनावी आमसभालाई सम्बोधन गर्दै ओलीले माधव नेपालको पार्टी खरानीको डल्लो हो भएकाले यसै चुनावबाट सकिने बताएका हुन ।

‘माधव नेपाल यसै चुनावबाट समाप्त हुन्छन । माधव नेपालको पार्टी खरानीको डल्लो हो’ उनले भने ‘पानीमा भिजाएर बनाएको खरानीको डल्लो हो । पानी अलिकती सुकेपछि त्यो पार्टी सकिन्छ ।’

उनले माधव नेपालले गरेका अवराधको सजाय यसै चुनावबाट पाउने बताए । ‘माधव नेपालले गरेका पार्टी विरुद्धका कम्युनिष्ट आन्दोलन विरुद्धका, देश विरुद्धका, जनताको चाहना विरुद्धका, विकास विरुद्धका, समृद्ध नेपाल विरुद्धका अपराधहरुको सजाय माधव नेपालले पाउँदैछन्’ उनले भने ‘माधव नेपालको पार्टी अब रित्तो भाडो भौसक्यो । त्यो पार्टीमा अलि बचेका पनि मंसिर ४ सम्म सकिन्छ ।’

सिफारिस