दोलखामा एमाले र गठबन्धनका कार्यकर्ताबीच विवाद, गोली चल्दा प्रहरी घाइते

दियो पोस्ट  

दोलखा । तामाकोशी गाउँपलिकामा मतदान केन्द्रमा गोली चलेको छ । जिल्लाको तामाकोशी गाउँपालिकास्थित कालापानी मावि मतदानस्थल एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच विवाद भएपछि प्रहरीले १५ राउन्ड गोली चलाएको हो ।

झडपमा एक प्रहरी घाइते भएको प्रहरी स्रोतले जनाएको छ । प्रहरीमाथि दलका कार्यकर्ताहरूले ढुंगा प्रहार गरेको भनिएको छ । मतदानस्थलमा अहिले नेपाली सेना, नेपाल प्रहरीको कमाण्डो फोर्स र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

सिफारिस