तपाईँको मतले अबको हाम्रो पाँच वर्ष निर्धारण गर्नेछः गगन थापा

दियो पोस्ट  

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले अबको पाँच वर्ष आजको मतदानले निर्धारण गर्ने बताएका छन् । उनले सामाजिक संञ्जालमा लेख्दै अबको पाँच वर्षमा आजकै मतदानले निर्धारण हुने भन्दै अहिलेसम्म पनि मतदान नगरेका मतदाताहरुलाई आग्रह गरेका हुन् ।

उनले लेखेका छन्, “प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मतदान गर्न अब केही समय मात्र बाँकी छ। तपाईँको मतले अबको हाम्रो पाँच वर्ष निर्धारण गर्ने छ। यदि मतदान गर्नुभएको छैन भने अब बाँकी समयमा गएर मतदान गरिदिनु हुन सम्पूर्ण मतदाताहरूमा विनम्र अनुरोध”

सिफारिस