बाजुरा । बाजुरामा गोली चल्दा एक जनाको मृत्यु भएको छ। जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ स्थित मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोलीले एक जनाको मृत्यु भएको हो। २ जना घाइते भएका छन् । मतदानका क्रममा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा २ घाइते भएका बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले बताए ।
उनका अनुसार मृत्यु हुनेमा सुरेन्द्र ऐडी रहेका छन् । भने घाइतेको पहिचान हुन सकेको छैन । घाइतेहरुको नेपाली सेनाको हेलिकप्टरले उद्दार गरी अस्पताल लगिएको छ ।