मुस्ताङमा ३ हजार ७७९ मतगणना हुँदा कांग्रेसको अग्रता

दियो पोस्ट  

काठमाडौं । मुस्ताङमा नेपाली कांग्रेसले थप अग्रता बढाएको छ । ३ हजार ७७९ मतगणना हुँदा नेपाली कांग्रेस उम्मेदवार योगेश गौचन थकालीले २,०३५ मत प्राप्त गर्दा एमाले उम्मेदवार प्रेमप्रसाद तुलाचनले १,६५७ मत पाएका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुदेश गुरुङले ४१ मत प्राप्त गरेका छन् । बदर मतको संख्या ४० छ ।

सोमबार बिहान ३ बजेर ४५ मिनेटमा सुरु भएको मतगणना अहिले दुई स्थानमा जारी छ । कूल ३९ मतदान केन्द्र मध्ये अहिलेसम्म १९ वटा मतदान केन्द्रको मतगणना सम्पन्न भएको छ ।

अब कूल खसेको मतको करिव ३,४५० मत गणना हुन बाँकी छ । मुस्ताङमा १० हजार ९५७ जना मतदाता रहेकोमा ७ हजार २३० मत खसेको थियो ।

सिफारिस