काठमाडौं । धनकुटा नगरपालिका–९ बेलहारामा शंकास्पद वस्तु भेटिएको छ । डल्लो वस्तुमा तार बेरिएको देखिएपछि प्रहरीले सुरक्षा सतर्कता कायम गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।
सोही ठाउँको अस्थायी प्रहरी चौकीबाट करिब डेढ किलोमिटरको दूरीमा उक्त वस्तु फेला परेको हो । घटनास्थलमा नेपाली सेनाको डिस्पोजल टोली प्रस्थान गरेको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए ।