दाङ । दाङ क्षेत्र नम्बर ३ मा कुल ३ सय मत गणना हुँदा एमालेकी प्रतिनिधि सभा उम्मेदवार कोमल वलीको अग्रता रहेको छ । वलीले १२८ मत ल्याउँदा नेपाली कांग्रेसका दिपक गिरीले ११३ मत ल्याएका छन् । त्यस्तै, स्वतन्त्र पार्टीका कमल सुवेदीले ३८ मत ल्याएका छन् ।