अर्घाखाँचीमा एमालेका टोपबहादुरको अग्रता कायमै, पछ्याउँदै कांग्रेसकी पुष्पा

दियो पोस्ट  

अर्घाखाँची । अर्घाखाँचीमा नेकपा एमालेका उम्मेदवार टोपबहादुर रायमाझीले अग्रता लिएका छन्। पछिल्लो मत परिणाम अनुसार रायमाझीले एक हजार १८६ मत ल्याउँदै अग्रता कायम गरेका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार पुष्पा भुसालले ७४७ मत प्राप्त गरेकी छन्।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हरिप्रसाद भुसालले ६४ मत ल्याएका छन्। अघिल्लो निर्वाचनमा यो क्षेत्रमा रायमाझी नै विजयी भएका थिए। तर त्योबेला उनी माओवादी केन्द्रमा थिए।