काठमाडौं । पत्रकारिताको माध्यमबाट चर्चा बटुलेर राजनीतिमा होमिएका रवि लामीछाने यतिबेला चुनावी मैदानमा होमिएर जितको पर्खाइमा छन् ।
उनले जित हासिल गरेको खण्डमा राम्रो काम गर्लान वा नराम्रो काम गर्लान् भन्ने भविष्यको कुरो हो ।, तर यतिबेला भने उनको चर्चा चुलिमा पुगेको पाईन्छ । उनले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी पछिल्लो समय उदाउँदो अवस्थामा देखिएको छ । देशभर जारी मतगणनाको अवस्था हेर्दा रवि नेतृत्वको पार्टिले धेरै स्थानहरुमा अग्रस्थान लिईरहँदा ठुला दलहरुमा त्रास थपिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विभिन्न क्षेत्रबाट प्रतिस्पर्धामा भएपनि उनिहरुको सफलतालाई लिएर कौतुहलता थियो । रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्दा परिचित अनुहार कमै थिए । तर पछिल्लो समय आफ्नो पेशा, तथा सामाजिक क्षेत्रमा राम्रो छवि बनाएका व्यक्तिहरू पनि यहि पार्टीबाट उम्मेदवारी दिएका छन् ।
अहिले उक्त पार्टीले पाएको सफलतामा धेरैले जिब्रो टोकेका छन् । अझ यतिबेला पार्टीको भन्दा पनि रबिको चर्चा बढदो छ । रबिले चुनाव जित्ने निश्चितप्रय देखिन्छ । पत्रकारिता क्षेत्रमा रहँदा धेरैको मन जितेका उनले राजनीतिमार्फत पनि देशको लागि राम्रो काम गर्नेमा धेरै नागरिक आशावादी देखिएका छन् ।
भष्टचार नियन्त्रणमा पनि रविले सफलता हात पार्नेमा नागरिक आशावादी देखिएका छन् ।
स्थापना भएको छोटो अवधिमा संगठन विस्तार हुन नसकेपनि ठूला पार्टीसँग प्रतिस्पर्धा गर्दा गरेर राष्ट्रिय स्वतन्त्र पार्टीले सफलता हात पारेकोमा जनता हर्षित देखिएका छन् ।
‘मुख्य राजनितिक दलप्रतिको युवा पुस्ताको वितृष्णा निर्वाचन सम्पन्न भएपछि पनि कायमै छ । उचित विकल्पको अभावमा लामो समयसम्मा परम्परागत दलहरुले हालीमुहाली गरे,’ बानेश्वर निवासी यादव प्रसाद भुर्तेलले दियोपोस्टसँग भने । ‘अब रविको पार्टीले देशमा भएको भ्रष्ट्राचारहरु निर्मुलीकरण गर्छ र देशलाई विकासको यात्रामा अघि सार्छ ।’
नागरीकहरुको आशा र प्रारम्भिक मत परिणम हेर्दा रवि नेतृत्वको पार्टी तेस्रो स्थानमा आउन सक्ने आकलन छ ।