प्रकाशमानलाई बधाई दिँदै २५ लाखको कोष बनाउने रवीन्द्र मिश्रको घोषणा

दियो पोस्ट  

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ मा निर्वाचित भएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई बधाई दिएका छन्। मिश्र पनि काठमाडौं १ मा उम्मेदवार थिए। तर उनी झिनो मतान्तरले पराजित भएका छन्।

मिश्रले आज प्रेस विज्ञप्ति निकाल्दै विजयी भएका सिंहलाई बधाई दिएका छन् भने काठमाडौं १ का मतदाताप्रति आफूलाई मतदान गरेकोमा आभार पनि प्रकट गरेका छन्।

उनले आफ्ना पुस्तकबाट प्राप्त हुने लेखकश्व र त्यसमा थप जोडेर २५ लाखको काठमाडौं क्षेत्र नम्बर १ सरोकार कोष स्थापना गर्ने घोषणा गरेका छन्।

सिफारिस