सुदूरपश्चिमबाट रेशम चौधरीको पार्टीको उदय, कैलाली ३ मा नागरिक उन्मुक्तिका गंगा चौधरी निर्वाचित

दियो पोस्ट  

कैलाली । सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले खाता खोलेको छ । कैलाली ३ मा खसेको ६३ हजार ४४० मतमध्ये नागरिक उन्मुक्तिका गंगा चौधरीले २३१२० पाएर विजयी भएका छन् । सत्तागठबन्धनका तर्फबाट माओवादीका कुन्दन चौधरी १७७४९ मा रोकिए । भने एमालेका गौरीशंकर चौधरीले ९८७४ मत पाउँदा राप्रपाका वीरेन्द्र बमले ७०४७ मत ल्याएका छन् ।