दार्चुलाको प्रदेशसभा (क) मा कांग्रेस र (ख) मा माओवादी विजयी

दियो पोस्ट  

दार्चुला । दार्चुलामा प्रदेश सभा (क) मा नेपाली कांग्रेस र (ख) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । एक मात्रै निर्वाचन क्षेत्र रहेको दार्चुलामा प्रदेशसभा (क) मा कांग्रेसका बिक्रम सिंह धामी र (ख) मा माओवादी केन्द्रका मानबहादुर धामी निर्वाचित भएका हुन् । कांग्रेसका सिंह धामीले नेकपा एमालेका हरदेव जोशी र माओवादीका मानबहादुर धामीले एमालेकै रामदत्त जोशीलाई पराजित गरेका हुन् ।

कांग्रेसका सिंह धामीले १५ हजार १२७ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका हरदेव जोशीले १३ हजार ४५१ मत पाए ।

यस्तै माओवादी केन्द्रका मानबहादुर धामीले १७१७१ मत ल्याउँदा उनका प्रतिस्पर्धी रामदत्त जोशीले ११८५६ मत ल्याए ।

सिफारिस