सञ्चारमन्त्री कार्कीलाई १ हजार १०४ मतले पछि पार्दै एमालेका कुसियैतको अग्रता

दियो पोस्ट  

सुनसरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की १ हजार १०४ मतले पछाडि परेका छन् । सुनसरी क्षेत्र नम्बर ४ बाट चुनावी प्रतिस्पर्धामा रहेका कार्कीले सुरुवाती अग्रता लिएका थिए । बिहानबाट भने उनी पछि परेका छन् । सो क्षेत्रमा एमालेका जगदीशप्रसाद कुसियैतले ८ हजार १४३ मत ल्याएर अगाडि बढेका छन् । कार्कीले ७ हजार ३९ मत ल्याएका छन् ।