‘हेभिवेट’ यादवलाई पछि पार्दै सप्तरी २ बाट सिके राउत निर्वाचित

दियो पोस्ट  

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट जनमत पार्टीका चन्द्रकान्त राउत (सीके) राउत विजयी भएका छन् । अन्तिम मत परिणामअनुसार राउतले ३५ हजार ४२ मत प्राप्त गरी निर्वाचित भएका हुन् । यो क्षेत्रमा उम्मेदवार बनेका जनता समाजवादी पार्टीका उपेन्द्र यादवले १६ हजार ९७९ मत पाएका छन् ।

राष्ट्रिय जनमत पार्टी बनाएर पहिलो पटक आमनिर्वाचनमा होमिएका राउतले पहिलो झट्कामै हेभिवेट यादवलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । राउतले यादवलाई १८ हजार ६३ मतले पछाडि पारेका हुन् ।