सर्लाही १ मा लोसपाका रामप्रकाश चौधरी विजयी

दियो पोस्ट  

सर्लाही । सर्लाही क्षेत्र नम्बर १ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का रामप्रकाश चौधरी विजयी भएका छन् । उनले स्वतन्त्र उम्मेदवार मानबहादुर खड्कालाई पराजित गरेका हुन् ।चौधरीले २४ हजार ८३८ मत ल्याउँदा खड्काले १८ हजार ४०४ मत ल्याए । जनता समाजवादी पार्टीका प्रमोद साहले १४ हजार २५५ मत पाउँदा जनमत पार्टीका रामविश्वास रायले ४ हजार ९६ मत ल्याए ।

सम्बन्धित खबर